नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् । गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् ।  आईतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको जनाए । उनले भने, ‘नेपाली जनताको जीवन