देउवा सरकार गठन भएको ४ महिनासम्म सार्वजनिक भएन मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र उनको सरकारमा रहेका मन्त्रीहरूको सम्पत्ति हालसम्म सरकारले सार्वजनिक गरेको छैन । सार्वजनिक पदमा नियुक्त भएको ६० दिनभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानूनी प्रावधान छ । देउवा नेतृत्वमा सरकार गठन भएको ४ महिनाभन्दा बढी भइसकेको भए पनि हालसम्म सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि मात्र सम्पत्ति विवरण सार्वजनिक हुने बताए । ...