काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् । कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो । […]