प्रधानमन्त्री देउवा प्रचण्ड निवास खुमलटार पुगे

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्डकी पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा चितवनमा

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन्।...

प्रधानमन्त्री देउवा जङ्गी अड्डामा

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जङ्गी अड्डा पुगेका हुन्।...

प्रधानमन्त्री देउवा लुम्बिनीमा

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लुम्बिनी आएका छन् ।  लुम्बिनीमा हुने दुई कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री देउवा लुम्बिनी आएका हुन् । प्रधानमन्त्री देउवा सोमबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् भने भैरहवा विमानस्थलको उद्घाटन समेत गर्नेछन् । सोमबारै उनले लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत समेत गर्नेछन् ।देउवा सोमबार बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवामा आउने कार्यक्र तय भएको जि

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड धनगढीमा

धनगढी, २५ बैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन् । प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बसेका छन् । उता, प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने […]

प्रधानमन्त्री देउवा भारत प्रस्थान (फोटोफिचर)

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । ४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।

मोरङ आउँदै प्रधानमन्त्री देउवा, के के छन् कार्यक्रम?

मोरङ – प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ आउने भएका छन्। जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा मोरङ आउने भएका हुन्। सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालका अनुसार सोमबार प्रधानमन्त्री देउवा नगरपालिकामा आयोजना हुने दुई कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवा बिहान हेलिकोप्टरबाट हरैंचा आउनेछन्। उनले हरैंचामा निर्माण भएको नगर अस्पतालको उद्घाटन गर्नेछन्। अस्पताल उद्घाटनपछि […]

चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्। नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए।  यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव  युपी लामिछानेले जानकारी दिए। एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्

प्रधानमन्त्री देउवा चाक्सीबारीमा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् । प्रकाशमान सिंहका प्रेस संयोजक युपी लामिछानेले प्रधानमन्त्री देउवा चाक्सीबारीमा रहेको बताए ।

प्रधानमन्त्री देउवा आज पोखरा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज (आइतबार) पोखरा जाने भएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम लगायतमा भाग लिन प्रधानमन्त्री देउवा आज पोखरा जान लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुन आज देउवा पोखरा जान लागेका हुन्। आज बिहान प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । भेटमा सुदूरपश्चिम प्रदेशमा कोरोनाको सम्भाव्य जोखिम र नियन्त्रण, कोरोना विरुद्दको खोप व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको छ । साथै सुदूरपश्चिम प्रदेशको समग्र विकासका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री […]