रुसले उत्तर कोरियालाई खोप लिन प्रस्ताव गर्यो

रुसले उत्तर कोरियालाई खोप सहयोग गर्ने प्रस्ताव गरेको छ । कडा लकडाउनको कारण खाद्य सङ्कट निम्तिएको समाचार प्रकाशन भएपछि रुसले दोस्रो पटक खोप लिन उत्तर कोरियालाई प्रस्ताव गरेको हो । रुसी विदेश मन्त्री सर्गे लभ्रोभले मस्कोले उत्तर कोरिया समक्ष खोपका लागि पटक पटक प्रस्ताब राखेको बताउनुभएको छ । रुसले आवश्यक मात्रा उपलब्ध गराउन तयार रहेको उहाँले बताउनुभयो । केही राष्ट्रले खोपका लागि गरेको प्रस्ताब उत्तर कोरियाले अस्वीकार गरेको थियो । उत्तर कोरियाले सङ्क्रमण नियन्त्रणका लागि सीमा क्षेत्र सिल गरेपछि चीनसँगको ब्यापार समेत प्रभाबित भएको छ । उत्तर कोरिया खाद्य, मलखाद र इन्धनका लागि बेइजिङ्गमाथि निर्भर रहँदै आएको छ ।