काठमाडौं महानगरपालिका–१६ नयाँबजार मेडिकल चोकबाट १ हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित ४ जना पक्राउ परेका छन् ।
राजधानीको नयाँबजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका–१२ का पृथ्वीप्रसाद साह र वडा नम्बर–९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका–३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका–६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधवार पक्राउ गरी बिहीवार काठमाडौं जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौं महा...