राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दुवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए । उनले भने, ‘१०२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ २०७४ मा भन्दा बढी स्था