गण्डकीका अर्थमन्त्री भन्छन्- बजेट पास नभए चुनावमा जानुको विकल्प छैन

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको छ।

सम्बन्धित सामग्री

के हो नेपालमा पहिलो पटक बुधबारदेखि हुन लागेको 'बजेट होलिडे' ?

नेपालको इतिहासमा पहिलो पटक बजेट होलिडे हुने भएको छ । बजेट होलिडे भनेको सरकारले बजेट पास गर्न नसकेर सरकारी कोषबाट रकम खर्च गर्न नसक्ने अवस्था हो । यहि अवस्था नेपालमा भदौ ३० गते बुधबारदेखि आउने भएको हो । संसदबाट बजेटको प्रतिस्थापन विधेयक पारित हुन नसकेपछि बुधबारबाट सरकारी खर्च गर्ने बाटो बन्द हुने भएको छ । यसो हुँदा सरकारले कर उठाउन सक्छ तर खर्च गर्न सक्दैन । यहि अवस्थालाई नै बजेट होलिडे भनिएको हो ।यस संगै केहि दिन सरकारी कोषबाट रकम खर्च हुदैन । संसदबाट बजेट पारित गर्न नसकेपछि सरकारले केहि दिन नियमित खर्च गर्न नपाउने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पनि प्रतिस्थापन विधेयक पास नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका छन् । संसदमा विनियोजन विधेयक पेश गरेपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नभएसम्म सरकारले नियमित खर्च नगर्ने बताएका हुन् । भोलि बुधबार राति १२ बजेबाट केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट ल्याएको बजेटको ६० दिन पुग्दैछ । ६० दिनमा अध्यादेश पारित नभए स्वत निष्क्रिय हुन्छ । ओली सरकारले ल्याएको बजेट निष्क्रिय भएको र अहिले पेस भएको प्रतिस्थापन विधेयक पारित नभएकाले ५/७ दिन सरकारी खर्च रोकिने अर्थमन्त्रीको भनाइ थियो । अर्थमन्त्रीका शर्माअनुसार कर उठाउने विशेष व्यवस्था हुनेछ । सरकारले अहिले ल्याएको बजेट संसदको आउँदो बैठकमा पास हुने संकेत गरेको छ । शर्माले सकभर सहमतिमै नभए प्रक्रियाअनुसार विधेयक पारित हुने बताए । यसका लागि वार्ता, सम्वाद, छलफल भइरहेको बताए । उनले पेस्की अध्यादेश नल्याउने स्पष्ट पारेका छन्। एमालेको अवरोधका बीच पनि अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक संसदमा पेस भए पनि पारित हुने अवस्था नभएपछि पेस्की बजेट आउने अनुमान गरिएकाे थियाे ।मंगलबार संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा मन्त्री शर्माले सदन चलिरहेकाले अध्यादेश नआउने बताए । कर उठाउने विशेष व्यवस्था रहेको भन्दै उनले पेस्की अध्यादेश नल्याउने बताएका हुन् ।एमाले सांसदहरूको नाराबाजीले प्रतिनिधिसभा बैठक प्रभावित हुँदै आएको छ । मंगलबार पनि एमाले सांसदहरूको नाराबाजी चल्यो । तर, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विनियोजन विधेयकलाई स्वीकृत गरेको छ । अर्को बैठक ४ गतेको लागि बोलाईएको छ ।३ वर्ष अगाडी अमेरिकामा पनि बजेट होलिडे भएको थियो । तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रंपले अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउनको लागि बजेट बिनियोजन गरेर बजेट पेश गरेका थिए । संसदले सो बजेट पारित नगरी असफल पारिदिएको थियो । त्यसो हुँदा त्यहाँका सरकारी कार्यालयहरु बन्द भएका थिए । नेपालमा भने सरकारी कार्यालय संचालन हुन्छन् वा बन्द हुन्छन् अहिले नै प्रष्ट भईसकेको छैन ।यस्तो अवस्थामा सरकारसंग पेश्की खर्च विधयेक ल्याएर संसदबाट फास्ट ट्रयाकमा पारित गरेर खर्च गर्ने बाटो फुकाउने विकल्प रहेको भएपनि संसद बैठक ४ गतेसम्मको लागि स्थगित भएकोले सो बाटो समेत बन्द भएको छ ।