माल्दिभ्समा नेपाली फुटबल टोलीको दशैंको टीका (फोटो फिचर)

काठमाडौं : साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले दशैंको टीका लगाएका छन्। उनीहरुले टोलीमा रहेका अग्रजबाट टीका लगाएका हुन्।नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पहिलोपटक पुगेको छ। फाइलनमा नेपाल र भारत पुगेका छन्। फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा हुनेछ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण दशैंको टीका ग्रहण गरेनन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दशैंको टीका ग्रहण गर्नुभएकाे छैन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्रीकाे कार्यलयले जनाएकाे छ । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन् । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई समेत टीका नलगाउनुभएकाे हाे ।

ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका

१९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आएका थिए । उनी पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिएकी छन् । […]

माओवादी अध्यक्ष प्रचण्डले दशैंको टीका छोरी र बुहारीलाई लगाइदिए

काठमाडौं । कुनै न कुनै बहानामा दशैं बहिष्कार गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी-बुहारी र नाति-नातीनाहरूलाई दशैंको टीका लगाइदिनुभएको छ । आज (बुधबार) उहाँले काठमाडौंको खुमलटारस्थित आफ्नै निवासमा उनीहरुलाई विजया दशमीको टीका लगाइदिनु भएको हो । सपरिवारलाई टीका लगाइदिए पनि उहाँले भने कसैबाट टीका लगाउनु भएको छैन् । टीका लगाउने समूहमा […]

राष्ट्रपतिले सर्वसाधारणलाई लगाइदिइन् दशैंको टीका

१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् । इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।

कतारस्थित नेपाली दूतावासले दशैंको टीका–प्रसाद वितरण गर्ने

१६ असोज, काठमाडौं । कतारस्थित नेपाली दूतावासले दशैंको टीका–प्रसाद वितरण गर्ने भएको छ । दोहास्थित दूतावासले कतारमा रहेका नेपालीलाई दूतावासमा टीका–प्रसाद ग्रहण गर्ने कार्यक्रम राखेको दूतावासले जनाएको छ । ऐन खालिदा दोहामा १९ असोज (बुधबार)का दिन टीका–प्रसाद वितरण गर्नेछ । टिका ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार साढे १० बजेबाट १२ बजेसम्म चल्ने दूतावासको भनाइ छ […]

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

१३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ । ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने […]

दशैंको टीका लगाएर फर्कदै गर्दा तीन चेलीमाथि सामूहिक बलात्कार

काठमाडौं, ३१ असोज । दशैंको टीका लगाएर घर फर्कंदै गरेका तीन चेली बलात्कृत भएका छन् । उनीहरु राति घर फर्कदै गर्दा बलात्कृत भएका हुन् । घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको हो । १५ र १६ वर्षका तीन चेलीहरुलाई बलात्कार गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् । सामूहिक बलात्कारको घटनाबारे […]

प्रधानमन्त्री देउवाले परिवारसहित लगाए दशैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसहित दशैंको टीका लगाएका छन् ।  देउवाकी पत्नी आरजु राणा देउवाले टीका लगाएको सामूहिक तस्वीर सार्वजनिक गरेकी छन् ।  विजयादशमीको दिन आज बिहान १० बजेर २ मिनेटमा टीकाको शुभसाइत थियो ।

अमेरिकी राजदूत रेन्डी बेरीले लगाए दशैंको टीका

काठमाडौं :  नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले दशैंको टीका लगाएका छन्। दशैंको मुख्य दिन आज उनले नेपालस्थित अमेरिकी दूतावासमा मान्यजनको हातबाट टीका लगाएका हुन्। साथै उनले आफूभन्दा सानालाई टीका र आशीर्वाद समेत दिएका छन्। बेरीले दशैंको टीका लगाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। नेपाली तथा अमेरिकी सहकर्मी र बालबालिकाका साथमा उनले रमाइलो गरेका छन्। सबैलाई दशैंको शुभकामना दिँदै राजदूत बेरीले आफूहरूले धेरै रमाइलो गरेको बताएका छन्।

दशैंको टीका लगाउने तरिका

काठमाडौं, २९ असोज । आज विजयादशमी । बडादशैंको महत्वपूर्ण दिन मान्यजनहरुबाट टीका ग्रहण गरी मनाइँदैछ । टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा रहेको छ । टीका लगाउने तरिका यस्तो छः टिका लगाउने मान्छे पूर्व फर्कने लगाइदिने मान्छे पश्चिम फर्कने विशेष तरिकाले पञ्चतव्ये खाने सुनपानी खाने चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई […]