निषेधाज्ञासँगै बजार भाउ बढ्यो, सरकार भन्छ– ‘कालोबजारी र अभाव हुन दिन्नौँ’

'दुई तीन दिनमै दश रुपैयाँ बढ्यो ?!'  कीर्तिपुरको एउटा खाद्य पसलमा एक लिटर खानेतेल किन्न पुगेका सुरेश महर्जनले पसलेलाई सोध्नुभयो ।  'बढ्यो नि के गर्नु भोलिदेखि यही पनि पाइँदैन होला' पसलेले जवाफ दिए ।  'कोरोना सङ्क्रमणभन्दा पनि महँगीले पो  मरिने भयो' बनावटी हाँसो हाँस्दै सुरेश तेलको प्याकेट बोकेर पसलबाट बाहिरिनुभयो । एकैछिनमा त्यही पसलमा एक जना महिला खाना पकाउने ग्यास खोज्दै पुगिन् ।  'ग्यास छ ?'  उहाँको प्रश्न पसलेले सुने, नसुनेझैँ गरे ।...