मतदान र मतगणनामा सुरक्षाकाे कमी हुँदैन : प्रजिअ रिजाल

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शान्तिपूर्ण वातावरणमा मतदान गर्नेदेखि मतगणना नसकिञ्जेल सम्मको लागि कडा सुरक्षा व्यवस्था तयार पारेको जानकारी दिएका छन्। सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी दिए।‘सकेसम्म शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था तयार पारेका छौँ,२०७४ मा भएको निर्वाचन क्रियाकलापबाट पनि हामी सतर्क रहेका छौँ,’उनले भने। उनले काठमाडौंभित्रको मतदान केन्द्रमा घुम्ती सुरक्षाको टोली पनि