सक्रिय संक्रमित ५ सयभन्दा बढी रहेका जिल्ला अब मात्र ८ वटा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७७ जिल्लामध्ये ८जिल्लामा मात्र सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको बताएको छ। केही दिनअघिसम्म ५० भन्दा बढी जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको थियो। आज मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र कास्की मात्र सक्रिय संक्रमित ५ सयभन्दा बढी छन्। हाल देशभर कोरोना संक्रमण घट्दो क्रममा छ।

सम्बन्धित सामग्री

सबैभन्दा बढी आत्महत्या गर्ने जिल्ला झापा

प्रदेश–१ मा हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।१ नम्बर प्रदेश प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांक केलाउँदा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिन्छ । आत्महत्या गर्ने कम उमेरका र सामान्य परिवारका व्यक्ति बढी देखिन्छन् । १४ जिल्ला रहेको प्रदेश १ मा आव ०७६/०७७ देखि ०७८/०७९ को तीन वर्षमा आत्महत्याबाट ज्यान गुमाउनेको […]

जिल्ला न्यायाधीश : मागभन्दा १० गुणा बढी आवेदन

काठमाडौँ । जिल्ला न्यायाधीशका लागि न्यायपरिषद्ले गरेको मागभन्दा १० गुणा बढी आवेदन परेको छ ।  न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार २१ जिल्ला न्यायाधीशका लागि दुई सयभन्दा बढी आवेदन परिषद्मा परेका छन् । संविधानअनुसार जिल्ला न्यायाधीशको नियुक्ति परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्छन् । यसरी विवरण दिनेमा सबै सरकारी कर्मचारी हुन् । न्याय सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकाले आवेदन दिएका हुन् । हाल […]

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

लुम्बिनी प्रदेशका सबै जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीमध्ये पनि बलात्कार मुद्दाका कैदीको संख्या सर्वाधिक रहेको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको गुल्मी जिल्ला कारागारमा ७३ कैदीबन्दी छन् । कारागार शाखा प्रमुख अर्जुनबहादुर थापाका अनुसार बलात्कार मुद्दाका कैदी र थुनुवाको संख्या मात्रै ३७ छ । कारागारको क्षमताभन्दा बढी बलात्कार मुद्दाकै कैदीबन्दीको संख्या रहेको उनले जनाए ।रुपन्देही जिल्ला कारागार शाखा प्रमुख जगतबहादुर बस्नेतका अनुसार त्यहाँ कुल कैदीबन्दीको संख्या ४५६ छ ।

सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो। तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…

४० भन्दा बढी जिल्लामा आजदेखि कांग्रेसकाे जिल्ला अधिवेशन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।  चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता...

लुम्बिनी प्रदेशमा सबै भन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला अर्घाखाँची

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालतले लुम्बिनी प्रदेशकै सबैभन्दा बढी मुद्दा फछर्यौट गर्ने जिल्ला बनेको छ । आर्थिक वर्ष २०७६/०७७ का १४९ थान र आर्थिक वर्ष २०७७/०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्दा रहेकोमा यस आर्थिक वर्षमा ३ सय ५ थान मुद्दा फछर्यौट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिनुभयो । […]

अब देशभर ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ११ मात्र

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार पछिल्ला दिन देशभर कोरोना संक्रमितको संख्या घटिरहेको छ। आज पाँचभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मात्र ११वटा रहेको मन्त्रालयले जनाएको छ। केही साता अघिसम्म नेपालका ५०भन्दा बढी जिल्ला दैनिक सक्रिय संक्रमितको संख्या पाँचसयभन्दा बढी रहेको थियो। आज पाँचसयभन्दा सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ,झापा, सुनसरी,काठमाडौं,ललितपुर,भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही र सुर्खेत छन्।

नेपालमा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका १० जिल्ला

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित १० जिल्लामा रहेको जनाएको छ। ती १० जिल्लामा काठमाडौं, ललितपुर, बागलुङ, रुपन्देही, भक्तपुर, मोरङ, कैलाली, सुनसरी, चितवन र काभ्रेपलाञ्चोरक रहेका छन्। यी जिल्ला सक्रिय संक्रमित बढी रहेका कारण जोखिम पनि बढी रहेको जनाइएको छ।