मोदीको बंगलादेश भ्रमणको विरोधमा प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनका क्रममा बंगलादेशमा ५ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा ५ जनाको मृत्यु भएको हो । प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बीबीसीका अनुसार प्रहरीसँग भएको हिंस्रक झडपका क्रममा ४ जनाको उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको हो । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्रमा विरोध प्रदर्शन भएको जनाइएको छ । झडपमा परेर थुप्रै पत्रकारहरू समेत घाइते भएका छन् ।ब

सम्बन्धित सामग्री

मोदीको बंगलादेश भ्रमणकाे विरोधमा प्रदर्शन : ४ जनाको मृत्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा शुक्रबार प्रदर्शन हुँदा बंगलादेशको चित्तगोंगमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । मोदीको भ्रमणको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदै ४ जनाको मृत्यु भएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन् ।