डडेल्धुरा। डडेल्धुरामा १ हजार ८९२ नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगले गत १० असोजदेखि १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त व्यक्तिलाई नाम दर्ताका लागि आह्वान गरेसँगै नयाँ मतदाता संख्या बढेको हो। जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार नयाँ दर्तामध्ये १ हजार २७२ जनाले अनलाइन प्रणालीमार्फत विवरण भरेर मतदाता परिचयपत्रका लागि आवेदन गरेका छन्। […]