प्रधानमन्त्री ओली आज धनगढी आउँदै, सुरक्षा व्यवस्था कडा

  प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी आउने भएका छन् । पार्टी विभाजन पछि प्रधानमन्त्री ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने कार्यक्रमको तयारी सकिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । नेकपा प्रदेश कमिटीले आयोजना गरेको जन सभामा सहभागी हुन प्रधानमन्त्री आज धनगढी पुग्ने छन् । विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेस्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्री भट्...

सम्बन्धित सामग्री

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रधानमन्त्री ओली सर्वोच्चमा, सुरक्षा व्यवस्था कडा

अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन्।  बिहान पौने १२ बजेतिर उनी सर्वोच्च अदालत पुगेका हुन्।

प्रधानमन्त्री ओली धनगढीमा, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आयोजना हुन लागेको नेकपाको पार्टी कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । यतिबेला धनगढी र आसपासको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको छ ।

प्रधानमन्त्री ओली धनगढीमा, प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताको विरोध प्रदर्शन

प्रतिनिधि सभा विघटन र नेकपा विभाजनपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली शुक्रवार पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् । नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली शुक्रवार कैलाली पुगेका छन् ।  धनगढीको खुलामञ्चमा आयोजना गरिएको सभालाई ओलीले दिउँसो सम्बोधन गर्ने कार्यक्रम छ ।  प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।  ...