त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मी

सम्बन्धित सामग्री

मच्छिन्द्र क्लबलाई पराजित गर्दै आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

साविक विजेता नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आर्मीले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा बुधबार भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठ र वसन्त जिम्बाले गोल गरेका थिए । श्रेष्ठले खेलको ६१औँ मिनेटमा तथा जिम्बाले ८०औँ मिनेटमा …

धनकुटासँग आर्मी स्तब्ध

आहा ! रारा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लब मकवानपुर गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ।...

आर्मी र संकटा बराबरीमा रोकिए, अर्को खेलमा सातदोबाटो विजयी

दशरथ रंगशालामा आइतबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब संकटा क्लबसँग गोलरहित बराबरीमा रोकिएका हुन् । खेलको सुरूमै उत्कृष्ट प्रदर्शन गर्दै गोलको सिर्जना बनाएको आर्मीले सदुपयोग गर्न सकेन । यता, संकटा क्लबले पनि गोल गर्ने राम्रो अवसर खेर फाल्यो ।

आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा ( हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको […]

चितवन गोल्डकपको फाईनल आज, आर्मी र सशस्त्र भिड्दै

चितवन गोल्डकपको उपाधिका लागी आज त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)बीच प्रतिस्पर्धा हुने भएको छ।  नारायणगढको क्याम्पा चौरमा दिउँसो ३ बजे सुरु हुने दुई विभागीय टोलीबीचको उपाधि...

आर्मी इटहरी गोल्डकपको फाइनलमा

इटहरी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लब इटहरीमा जारी १२औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । इटहरी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले रोलिङ क्लब झापालाई २–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीको फाइनल यात्रामा टेक बहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे । रोलिङका मार्टिनले एक गोल फर्काए […]

दमक गोल्डकप : आर्मी बाहिरियो

त्रिभुवन आर्मी फुटबल क्लब दमक गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । आइतबार सम्पन्न झापा गोल्डकप च्याम्पियन आर्मी दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबसँग पराजित भएको हो । बुधबारको क्वाटरफाइनल खेलमा आर्मीविरुद्ध ४–० को...

ए डिभिजन लिगः जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको १–१ गोलको बराबरी

काठमाडौँ – फ्रेन्ड्स क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब जावलाखेलले युथ क्लबसँग संघर्षपूर्ण बराबरी खेलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजविरुद्ध ५–२ को जित निकाल्दा दिनको दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले १–१ […]

ए डिभिजन लिग : एपिएफ र आर्मीबीचको खेल बराबरीमा

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एपिएफसँग १–१...

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...