अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन

काठमाडौँ,२१ असार । मधेस प्रदेश सरकारको मुख्य प्रशासनिक भवनलगायतका भौतिक संरचना निर्माणका लागि जनकपुर चुरोट कारखाना परिसरनै उपयुक्त हुने सुझावसहितको प्रतिवेदन अध्ययन समितिले आज मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ । मधेस प्रदेश सरकारद्वारा भौतिक संरचना निर्माणका लागि जग्गा पहिचान, प्राप्ति तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री राउतलाई आज आप्mनो अध्ययन प्रतिवेदन हस्तान्तरण […]

सम्बन्धित सामग्री

धितोपत्रमा एनआरएन भित्र्याउने तयारी: अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौं। धितोपत्र बजारमा गैरआवासीय नेपाल (एनआरएन) को लगानी भित्र्याउने तयारी शुरू भएको छ । योसँगै नेपाल धितोपत्र बोर्डको दशक पुरानो सोचले छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ । एनआरएन भित्र्याउने योजनालाई मूर्तरूप दिने तयारीस्वरूप बोर्डले गत चैत १९ गते एउटा अध्ययन समिति गठन गरेको थियो । बोर्डले एनआरएनको लगानी धितोपत्र बजारमा ल्याउने सम्बन्धमा अध्ययन गर्न बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट प्रतिनिधित्व गरेका सञ्चालक सुजनकुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा बोर्डका विज्ञ सञ्चालक भोला ढुंगाना र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा सदस्य सचिवमा उपकार्यकारी निर्देशक दीपा दाहाल थिए ।  बोर्डले समितिलाई प्रतिवेदन तयार गर्न ३ महीना दिएको थियो । समितिले प्रतिवेदन तयार गरी अध्यक्ष रमेशकुमार हमाललाई बुझाइसकेको बोर्डका प्रवक्ता तथा अध्ययन समिति सदस्य मुक्ति श्रेष्ठले जानकारी दिए । समितिले एनआरएनलाई पूँजीबजारमा ल्याउन आवश्यक नियमावली तर्जुमा गरी बोर्ड सञ्चालक समितिमा पेश गरेको छ । बोर्ड सञ्चालक समितिले उक्त प्रतिवेदन अध्ययन गरी दिएको निर्देशनबमोजिम प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए । समितिले नियमावली कार्यान्वयनमा हुन सक्ने कठिनाइ पहिचान गरी त्यसका लागि आवश्यक कार्यविधिसमेत सिफारिश गरेको छ ।  बोर्ड अध्यक्ष हमालले समितिले प्रतिवेदन पेश गरे पनि अध्ययन गर्न बाँकी रहेको बताए । धितोपत्र बजारको विकासका लागि कोसेढुंगा सावित हुने एनआरएनको लगानी भित्र्याउने कार्यलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउने प्रयास गरिने हमालको भनाइ छ । एनआरएनलाई धितोपत्र बजारमा भित्र्याउने विषयमा यसअघि नै निर्धारण गरिएका कानूनी विषयमा समेत स्पष्ट हुँदै समयसापेक्ष कानून निर्माणमा बोर्डले ध्यान दिने अध्यक्ष हमालले बताए ।  एनआरएन धितोपत्र बजारमा भित्रिएपछि बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत बढ्ने अपेक्षा हमालको छ । एनआरएनको लगानीले धितोपत्र बजारमा माग पक्ष बलियो हुने, अस्थिरता कम भई मूल्य जोखिम कम हुनेजस्ता सुधार देखिने आशा हमालले गरेका छन् ।  जुनसुकै क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफलको आशा गरिने भएकाले नेपालको धितोपत्र बजारमा गैरआवासीय नेपालीको लगानी समेत सुरक्षित हुनेगरी कानूनी व्यवस्था हुनुपर्ने सुझाव विज्ञहरूको छ । अन्तरराष्ट्रिय पूँजी बजारविज्ञ मुक्ति अर्यालले एनआरएनको लगानी धितोपत्र बजारमा भित्र्याउनेसँगै फिर्ता लैजाने सरल कानूनी व्यवस्था गर्नुपर्नेमा जोड दिए ।  करको सम्बन्धमा समेत समान व्यवस्था गर्नुपर्ने अर्यालको सुझाव छ । नेपालमा बस्ने नेपालीलाई नाफा कमाएबापत फरक कर र विदेशमा बस्ने नेपालीलाई फरक करको नीति हुन नहुनेमा अर्यालले जोड दिएका छन् । एनआरएनको लगानी भित्र्याउन निकै चुनौती देख्ने अर्याल नेपालको कानून निर्माणमा हाल कायम मानसिकताले काम नगर्ने बताउँछन् । लगानीको दायरा फराकिलो बनाउने उद्देश्यसहित बोर्डले खुला मानसिकताका साथ कानून बनाउनुपर्ने उनको सुझाव छ ।

धितोपत्र बजारमा एनआरएन भित्र्याउन अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । धितोपत्र बजारमा गैरआवासीय नेपालीको (एनआरएन)को लगानी भित्र्याउने तयारी शुरू भएको छ । बोर्डले एक दशकभन्दा बढी समयदेखि अघि सारेको एनआरएनको लगानी भित्र्याउने योजनाले अब छिट्टै पूर्णता पाउने सम्भावना देखिएको छ ।  एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउनेबारे अध्ययन गर्न गठित समितिले पनि बोर्डलाई प्रतिवेदन बुझाइसकेको छ । बोर्डका प्रवक्ता एवम् समिति सदस्य मुक्ति श्रेष्ठले अध्ययन समितिले प्रतिवेदन तयार गरी अध्यक्ष रमेशकुमार हमाललाई बुझाइसकेको जानकारी दिए । समितिले एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी सञ्चालक बोर्डमा पेससमेत गरेको छ । अध्ययन समितिले नियमावली कार्यान्वयनमा हुन सक्ने कठिनाइ पहिचान गरी सोका लागि आवश्यक कार्यविधि बनाउन सिफारिससमेत गरेको जानकारी दिइएको छ ।  बोर्ड सञ्चालक समितिले उक्त प्रतिवेदन अध्ययन गरी दिएको निर्देशनबमोजिम प्रक्रिया अघि बढाउने श्रेष्ठको भनाइ छ ।  बोर्डले एनआरएनको लगानी पूँजीबजारमा भित्र्याउने सम्बन्धमा अध्ययन गर्न गत चैत १९ गते नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाबाट प्रतिनिधित्व गरेका सञ्चालक सुजन कुमार काफ्लेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा सञ्चालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल छन् । सो समितिलाई बोर्डले प्रतिवेदन तयार गर्न तीन महीनाको समय दिएको थियो । प्रस्तावित नियमावलीको कार्यान्वयनपश्चात् धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलतासमेत वृद्धि  हुने बोर्डको विश्वास छ । एनआरएनको लगानीले धितोपत्र बजारमा माग पक्ष बलियो हुने, बजारमा अस्थिरता कम भइ मूल्य जोखिम कम हुनेलगायत सुधार देखिने बोर्डको भनाइ छ ।