भूकम्प प्रतिरोधी भवन निर्माणमा सरकारी मापदण्ड

काठमाडौं । बलियो घर सुरक्षाको आधार हो । प्राकृतिक आपदविपदबाट सुरक्षा दिने घर पूर्ण आयुअनुसार निश्चिन्त हुने गरी बनाउनु बुद्धिमानी ठहर्छ । त्यसैले घर बनाउने जस्तो विषयमा कम खर्चको लोभले ज्यान जोखिममा पार्नुभन्दा सरकारले तोकेको मापदण्डअनुसार बनाउनु उपयुक्त हुन्छ । मापदण्डबिना बनाइएका भवनको निर्माण सम्पन्नताको प्रमाणपत्र दिन रोक लगाइएको मात्र छैन, बनेको भवनलाई भत्काउन सक्ने अधिकारसमेत दिइएको छ । त्यसैले भवन निर्माण गर्दा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले तोकेको मापदण्ड पालना गर्नु तपाईं–हामी सबैको कर्तव्य हो । सरकारले तोकेको मापदण्डअनुसार तीन तलासम्म भवन निर्माण गर्ने अनुमति दिइएको छ । सो मापदण्डभित्र पनि विविध मापदण्ड छन । जस्तै, जग निर्माण, टाई विम निर्माण, गारोको मोटाइ, डन्डी राख्ने तरिका, आरसीसीलगायत सिमेन्ट, बालुवा, गिटी मिक्स विधि आदिका मापदण्ड । विभागको भवन निर्माणसम्बन्धी विभिन्न मापदण्ड बनाएको छ । ती मापदण्डको थोरै मात्र ज्ञान भए पनि भवन निर्माणमा धेरै हदसम्म सहयोगी बन्न सक्छ । त्यसैले केही प्रमुख मापदण्ड यस्ता छन : जग निर्माणसम्बन्धी इँटाको गारोमा सिमेन्ट मसलाको जोडाइको जगमा चौडाइ ३–० इञ्च र गहिराइ पनि सोहीअनुसार हुनुपर्छ । ढुंगाको गारोमा सिमेन्ट मसलाको जोडाइको जगमा चौडाइ ३–० इञ्च र गहिराइ पनि सोहीअनुसार हुनुपर्छ । माटोको मसलाको जोडाइको निर्माण गरिने घरको जग चौडाइ ३–६ इञ्च र गहिराइ पनि सोहीअनुसारको हुनुपर्छ । त्यस्ता भवन दुई तलाभन्दा अग्लो निर्माण गरिनुहुँदैन । जमिनमा एक तह इँटा सोलिङ गरी त्यसमाथि ३ इञ्चको पीसीसी ढलान १ः२ः४ (सिमेन्ट १ बोरा, बालुवा २ भाग र गिटी ४ भाग) को अनुपातमा गर्नुपर्छ । टाई बिम निर्माण गारोलाई एकापसमा बाँध्न र जमिनबाट आउने चिसोपना रोक्न कंक्रिटको टाई बिम राख्नुपर्छ । यसको लेभल साधरणतया जमिनबाट १–६ इञ्चदेखि २–६ इञ्चसम्म हुनुपर्छ । यसको चौडाइ गारोको चौडाइ बराबर र उचाइ कम्तीमा  ०–६ इञ्च हुनुपर्छ । यसलाई १ः१.५ः३ कंक्रिटको अनुपातमा ढलान गरी बनाउनुपर्छ । गारोको मोटाइ इँटाको गारोमा सिमेन्ट मसला १ः६ को जोडाइमा भुइँ तलामा १४ इञ्च मोटाइमा, पहिलो र दोस्रो तल्लामा ९ इञ्च मोटाइको गारो लगाउनुपर्छ र कोठाको चौडाइ ११–० इञ्चभन्दा बढी हुनुहुँदैन । ढुंगाको गारो सिमेन्ट मसला १ः६ को जोडाइमा भुइँ तलामा १८ इञ्च मोटाइ र पहिलो तल्लामा १४ इञ्च मोटाइको गारो आवश्यक पर्छ । ढुंगाको गारोबाट निर्माण गर्दा बढीमा दुई तल्लासम्मको अग्लो भवन सुरक्षित हुन्छ र कोठाको चौडाइ ११(० इञ्चभन्दा बढी हुनुहुँदैन । इँटाको गारो माटोको मसलाको जोडाइमा दुई तल्लासम्म मात्र निर्माण गर्नु उपयुक्त हुन्छ । यसमा भुइँ तल्लाको गारोको मोटाइ १४ इञ्च र पहिलो तल्लोको गारोको मोटाइ ९ इञ्च हुनुपर्छ । झ्याल–ढोका राख्ने स्थानको चयन घरमा झयालढोका राख्दा कोठाको कुनादेखि २–० सेन्टिमिटर छाडी राख्नुपर्छ । एउटै गारोमा झ्यालढोका राख्नुपरेमा एक झ्याल या ढोकादेखि अर्को झ्याल या ढोकाको अन्तर कम्तीमा झयालको उचाइको आधाभन्दा बढी हुनुपर्छ । कुना बन्धन (आरसीसी स्टिच) को निर्माण कुना र टी जोर्नी राख्दा दुबै गारोलाई च्यापिने गरी कंक्रिटको स्टिच बनाई राख्नुपर्छ । स्टिचको चौडाइ गारोको चौडाइ बराबर र मोटाइ कम्तीमा ३ इञ्च हुनुपर्छ । स्टिचको लम्बाइ गारोको कुना वा जोर्नीबाट कम्तीमा ४–० सेन्टिमिटर  दूरीसम्म राख्नुपर्छ । यसमा २.५ लाइन (८ मिमि) को डन्डी २ वटा तेस्रो गरी र २ लाइन (६ मिमि) डन्डीको रिङ ६(६ इन्चको फरकमा राख्नुपर्छ । यस्ता स्टिचहरू बढीमा गारोको हरेक २ इञ्च ६ सेमिदेखि २ इञ्च ६ सेमि उचाइमा राख्दै जानुपर्छ । फ्लोर विम निर्माण स्ल्याब अडिने गारामाथि स्ल्याबसंगै फ्लोर बिम राख्नुपर्छ । बिमको चौडाइ गारोको चौडाइ बराबर र उचाइ १३ सेमि हुनुपर्छ । तेस्रो पेटी (सिल ब्यान्ड र लिन्टल ब्यान्ड) ब्यान्ड निर्माण झ्यालढोकाको माथि लिन्टल लेभलमा तथा झ्यालको ठीक मुनि अर्थात सिल लेभलमा तेस्रो पेटी (सिल ब्यान्ड र लिन्टल ब्यान्ड) राख्नुपर्छ । यस्ता ब्यान्डको चौडाइ गारोको चौडाई बराबर र मोटाइ कम्तीमा ०–३ सेमि  हुनुपर्छ । ४–० सेमिभन्दा बढी लम्बाइको झ्यालमाथिको ब्यान्डको मोटाइ कम्तीमा ०–६ सेमि  हुनुपर्छ । सिल ब्यान्डमा ४ लाइन (१२ मिमि) को डन्डी २ वटा र २.५ लाइन (८ मिमि) को रिङ ६(६ इञ्चको फरकमा राख्नुपर्छ । ६ सेमि मोटाइको लिन्टल ब्यान्डमा ४ (१२ मिमि) को डन्डी ४ वटा र २.५ लाइन (८ मिमि) को रिङ ६(६ इञ्चको फरकमा राख्नुपर्छ । ठाडो डन्डी राख्ने तरिका गारो जोडिने स्थान (कुना र टी जोर्नी) मा कम्तीमा एक वटा ५ लाइन (१६ मिमि) को डन्डी जगदेखि छाना वा स्ल्याबसम्म पुग्ने गरी राख्नुपर्छ । झ्याल र ढोकाको दायाँबायाँ ३ लाइन (१० मिमि) को ठाडो डन्डीहरू टाइबिमदेखि स्ल्याबसम्म राख्नुपर्छ । ठाडो डन्डीका लागि ४ गुणा ४ सेमि प्वाल बनाई १ः१.५ः३ को कंक्रिट भर्नुपर्छ । सामान्यतया गारो सबै एकै उचाइमा लगाउँदै जानुपर्छ । यदि कुनै गारो पूरै उठाएर अन्य गारो पछि लगाउनुपर्ने भए तह–तहमा खुडकिला छाडदै लगाउनुपर्छ । एक दिनमा १ मिटरभन्दा अग्लो गारो लगाउनुहुँदैन ।