महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।  डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।  यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० ...

सम्बन्धित सामग्री

पुरुष क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार तय सुदुरपश्चिमविरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । गयराति परेको भारी वर्षाका कारण मैदान खेल्न अयोग्य हुँदा पहिलो सेमिफाइनल रद्द भएको हो । खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट […]

त्रिभुवन आर्मी क्लब मकवानपुर गोल्डकको फाइनलमा

काठमाडौँ- हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमार्फत […]

झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।  यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो। प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्  ।

'लिग लिडर' मछिन्द्रलाई 'जायन्ट किलर' सातदोबाटोको चुनौती, लिगमा आज तीन खेल

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन्। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन्। १० खेलबाट १८ अंक जोडेको त्रिभुवन आर्मी क्लब अंकतालिकाको तेस्रो स्थानमा छ भने हिमालयन शेर्पा १२ अंक जोड्दै तालिकाको आठौं स्थानमा…

टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]

'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् ।  आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् । खेल दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।

एएफसी छनोट : त्रिभुवन आर्मी क्लब आज भारतको गोवा जाँदै

काठमाडौं : एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी क्लब आज भारत जाँदैछ।उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मीको २७ सदस्यीय टोली बिहान ११ बजे गोवा जाने भएको हो। आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ मा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्नेछ। सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ। आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बं

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

काठमान्डाैं / त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने... The post आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने appeared first on Purbeli News.

राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ । यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ । एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।