१० मन्त्रालय लिएर सरकारमा जाँदै जसपाको महन्थ ठाकुर पक्ष, यी हुन् सम्भावित मन्त्रीहरू [नामावलीसहित]

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष १० मन्त्रालय लिएर केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको जेठ ९ गतेको बैठकबाट समेत ओली सरकारमा सहभागी हुने निर्णय गरिएको छ। ठाकुर पक्षका एक कार्यकारिणी सदस्यका अनुसार ओली ८ मन्त्री तथा २ राज्यमन्त्री जसपाको महन्थ ठाकुर पक्षलाई दिन तयार भएका छन् । जसपाले ओली सरकारसँग माग गरेका कतिपय मुद्दा सम्बोधन भएपछि सरकारमा जाने निर्णय कार्यकारिणी समितिको बैठकबाट गरिएको ती कार्यकारिणी सदस्यले बताए । यसअघि जसपाका संसदीय दलका ...

सम्बन्धित सामग्री

लोसपा दर्ताका लागि सांसद र केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि महन्थ ठाकुर पक्ष निर्वाचन आयोग पुगेको छ। जनता समाजवादी पार्टीबाट फुटेर सांसद र केन्द्रीय सदस्यहरुको सनाखत गराउन महन्थ ठाकुर समूहका नेता निर्वाचन आयोगमा पुगेका हुन्। लसोपा दर्ताका लागि संघीय संसदका १६ जना सांसद् सनाखतका लागि आयोग पुगेको नेताहरुले बताएका छन्। नेकपा एमालेबाट…

जसपा विभाजनः प्रदेश २ मा १६ सांसदमा सीमित महन्थ ठाकुर पक्ष

जनकपुरधाम – जनता सामाजवादी पार्टी विभाजित भएपछि महन्थ ठाकुर पक्ष प्रदेश २ मा कमजोर भएको छ। महन्थ ठाकुरले निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदन दिइसकेपछि प्रदेश सांसद उनको पक्ष र विपक्षमा खुलेका छन्। उपेन्द्र यादव पक्षभन्दा कमजोर देखिएको महन्थ पक्षका ९ जना सांसद उनको साथ छाडिसकेका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित २५ जनामध्ये ९ […]

महन्थ ठाकुर पक्ष सर्वोच्च जाने

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो ।  मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने

१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौमा उपलब्ध सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेका हुन । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको […]

महन्थ ठाकुर पक्ष छलफलमा, ‘सरकारलाई समर्थन गरियाे तर सहभागी हुँदैनाैँ’

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आउँदाे रणनीतिबारे छलफल सुरु गरेको छ । हिजाे सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका सङ्घीय सांसद र प्रदेश सभाका काठमाण्डौमा उपलब्ध सांसदहरूले आजदेखि छलफल सुरु गरेका हुन् । निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, &lsqu...

जसपा ठाकुर पक्ष सरकारमा जान तयार

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार भेट गरेका छन्। भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए। उनका अनुसार भेटमा ठाकुरले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। जसपाले सरकारसँग मध

देउवालाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए। यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ।  जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ।  आज प्रधानमन्त

ओलीको प्राथमिकतामा परेनन् महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष ओली सरकारबाट बाहिरिएसँगै उसले उठाउँदै आएको माग पनि ओझेलमा परेको छ । जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्नो मागका बारेमा कुरै गर्न छाडिसकेका छन् ।सरकारमा सहभागी हुनुअघि पटक–पटक बालुवाटार जाने गरेका अध्यक्ष महन्थ ठाकुरले अहिले बालुवाटारतिर फर्केर पनि हेरेका छैनन् ।माग उधारोमा होइन, नगदमा प्राप्त गरेपछि मात्र सरकारमा सहभागी हुने भन्दै अध्यक्ष ठाकुरको पक्षबाट ११ जना सरकारमा सहभागी भएका थिए । तर, सर्वोच्च अदालतको आदेशपछि उनीहरु सरकारबाट बाहिर

महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । नयाँ विकसित राजनीतिक घटनाक्रमलाई लिएर बसेको बैठकले सो निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने सो पक्षले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा […] The post महन्थ ठाकुर पक्ष फेरि तटस्थ बस्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ । चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो । प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।  मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसप...