काठमाडौं– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरूले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य, रसुवा हिमवाढी एवं समग्र विपद् व्यवस्थापनका सन्दर्भमा राजनीतिक दलहरूसँग आज आयोजना गरेको अन्तरक्रियामा नेताहरूले विपद् जोखिम न्यून गर्न जागरण अभियान तथा स्वयंसेवकीय […]