सानिमा बैंकको नयाँ सीईओमा पवन आचार्य नियुक्त

सानिमा बैंक लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा पवनकुमार आचार्यलाई नियुक्त गरेको छ। बैंककै डेपुटी सीईओका रूपमा कार्यरत आचार्यलाई बैंक सञ्चालक समितिले सोमबार साँझ बसेको बैठकमार्फत चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरेको हो। हालका सीईओ निश्चलराज पाण्डेको पहिलो कार्यकाल माघ ११ गते सकिने भएकाले आचार्यको नियुक्ति सोही मितिदेखि लागू हुने बैंकले जनाएको […]