काठमाडौँ। नेकपा एमालेले ११औँ महाधिवेशनको स्थान परिवर्तन गरेको छ। मिति भने उही नै कायम छ। एमाले सचिवालयको आज (शनिबार) बसेको बैठकले यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशन अब काठमाडौँमा गरिने भएको हो। मिति भने मंसिरको २७ देखि २९ गतेसम्म नै हुनेछ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार सचिवालय बैठकले पोखराबाट काठमाडौँका लागि महाधिवेशन हुने स्थान परिवर्तन गरिएको हो। […]