पहुँच विस्तार तथा शाखागत संरचना सुदृढीकरण अभियानअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्रभित्र रहेका तीन शाखालाई आधुनिक सुविधायुक्त नयाँ स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। स्थानान्तरण गरिएका शाखाहरूमा टाडि शाखा (रत्ननगर टाडि–२), भरतपुर शाखा (शहीद चोक, भरतपुर–३) र चनौली शाखा (भरतपुर–१८) रहेका छन्। कम्पनीका अनुसार नयाँ कार्यालय संरचनासँगै ग्राहकलाई अझ छरितो […]