काठमाडौं। उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ। भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० […]