गण्डकी । यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु संक्रमणदर न्यून देखिएको छ । गत वर्ष यही याममा डेङ्गु संक्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेकामा यस वर्ष हालसम्म जम्मा पाँच सय ५४ जनामा डेङ्गु रोग देखिएको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । गत वर्ष डेङ्गुबाट पोखरामा तीन जनाको मृत्युसमेत गएको थियो । प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरालाई […]