गाईघाट– निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पुर्याएको हो । बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा अस्थायी पुलका रूपमा राखिएका […]