देउडा गुञ्जिने सांस्कृतिक थलो र पर्यटनको संगम बन्यो ‘वीरेखोला झरना’

धनगढी– असारको काम सकिएपछि यहाँका अधिकांश स्थानीय गाउँ माथिको लेक चढ्छन् । कोही गाईगोरु भैँसी लिएर, कोही भेडाबाख्रा लिएर बर्षातको बास गोठ छानामै बस्ने गर्छन् । करिब दुई महिना साउन-भदौ उतै बिताउँछन् । पशुपालनका लागि चरिचरन र घाँसपातमा सहज हुने र गाउँमा काम नहुने भएपछि अधिकांशको बसाइ नै लेकमा बनाइएका गोठ छानामा हुने गर्छ ।  […]