बेमौसमी वर्षाले सुनसरीका किसानको साढे २ अर्ब नोक्सान

सुनसरी। यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबाली क्षति पुर्‍याएको छ। जिल्लामा लगाइएको धान, तरकारीबालीमा क्षति पुग्दा साढे दुई अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख नीलकमल सिंहले जिल्लामा ४८ हजार ९०० हेक्टरमा धानखेती हुने गरेकामा वर्षाले करिब १४ हजार […]