तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेधको निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।  व्यास नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन रोक्न नपाइने नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन् । नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले सफा सडकमा पार्किङ निषेधको निर्णय गरेको जनाएको छ […]