काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ। उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थितिसहितका समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । वा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भेटेर प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार फर्किएकी थिइन् । कार्की सिंहदरबार छिरेलगत्तै दुईजना नेतृबीच भेटवार्ता जारी छ ।