म्यानचेस्टर युनाइटेडले दोस्रो स्थानमा पुग्ने मौका गुमायो

एजेन्सी - म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको‌ दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। युनाइटेडले आज नटिङ्घम फरेस्टसँग २-२ को बराबरी खेलेको छ । ८१ औं मिनेटमा अमादले शानदार भलि गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए। दोस्रो हाफको सुरुवातमा लगातार २ गोल खाँदै युनाइटेड पछाडि परेको थियो। ३४ औं मिनेटमा कासेमिरोले हेडरमार्फत युनाइटेडलाई १-० को अग्रता दिलाएका