भोटेकोशीमा सेयर विवाद चर्किँदा पालिका भवनमा तोडफोड, दुई जना घाइते

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माथिल्लो भोटेकोसी जलविद्युत् परियोजनाले दिनुपर्ने सेयरको विषयलाई लिएर विवाद चर्किँदा स्थानीयले पालिका भवनमा तोडफोड गरेका छन्। ४६ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी हाइड्रोपावर कम्पनीले दुई दशकअघि विद्युत् उत्पादन सुरु गरे पनि प्रभावित स्थानीयलाई सेयर नदिएको भन्दै विवाद उत्पन्न भएको हो। सेयरको माग गर्दै आन्दोलनमा रहेका स्थानीयले कम्पनीले कुनै पूर्वसूचना वा छलफल नगरी […]