कोशी प्रदेश सरकारको निर्णय : पाँच लाखसम्मका योजना स्थगित, मृतक परिवारलाई किरिया खर्च

काठमाडौं। कोशी प्रदेश सरकारले जेन–जी आन्दोलनपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट पाँच लाख रुपैयाँसम्मका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ। सरकारको निर्णय अनुसार, साना योजनाहरू समीक्षा नभएसम्म अगाडि नबढाइने जनाइएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरूका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराउनेछ। उनले उक्त सहयोग रकम […]