तेस्रो मेयर कप ब्लिट्ज चेस प्रतियोगिता सम्पन्न, बिजयी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान

जेसिआई पाटनको आयोजनामा सञ्चालन भएको ‘तेस्रो मेयर कप खुला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’ सम्पन्न भएको छ । पाटन हाई स्कुल परिसरमा आयोजित प्रतियोगितामा देशभरबाट आएका १४२ जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न उमेर समूह तथा विधामा सञ्चालन गरिएको प्रतियोगिताले चेस खेलप्रति विशेष आकर्षण सिर्जना गरेको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा ललितपुर […]