मेस्सी पीएसजी आएपछि ह्वात्तै बढे पीएसजका इन्स्टाग्राम फलोअर्स

एजेन्सी।लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा आएपछि पीएसजीको इन्स्टाग्राम फलोअर दुई गुणाभन्दा बढी बढेका छन्।मेस्सीलेसाइन गर्नुभन्दा अगाडी पीएसजीको इन्स्टाग्राम फलोअर १९.८ मिलियन थिए।अगस्ट १० मा मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरे यता हाल पीएसजीको इन्स्टा फलोअर्स ४४.७ मिलियन पुगेको छ र यो अझै बढीरहेको छ। यसैगरी, मेस्सी पीएसजी आएपछि उनले लगाउने ३० नम्बरको जर्सी किर्तिमानी बिक्री भइरहेको छ।