ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिस

सम्बन्धित सामग्री

शोधनान्तर घाटाको जन्मदाता केपी ओली सरकार र युवराज खतिवडा : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।  आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आ...

ओलीले सरकार चलाउन नसकेकै कारण देउवाले नेतृत्व लिएको हो : कानून मन्त्री

काठमाडौं : कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार संविधान भन्दा बाहिर गएर संचालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन्। नेपालगंजमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै बडूले ओलीले सरकार चलाउन असफल भएको बताएका हुन्। ओलीले प्रधानमन्त्री हुँदा जनताको…

ओली सरकार हुँदा पनि प्रधानन्यायाधीशको बार्गेनिङ‚ भिनाजुका लागि मन्त्री माग

न्युज अफ नेपाल‚ काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले सत्तागठबन्धनको सरकारसँग मात्र नभएर ओली सरकार हुँदा पनि आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको पाइएको छ ।स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले ओली सरकार हुँदा आफ्ना भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको बताइएको छ । आफ्नो सरकार हुँदा प्रतिनिधिसभा विघटन गरेका ओलीले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका थिए […]

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा…

सुदूरपश्चिम प्रदेश सरकार : मन्त्री थप्न सकस

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ओली पक्षिय मन्त्रि वाहिरिएको एक महिना बित्दासम्म मुख्यमन्त्रीले मन्त्री थप्न सकेको छैन । मन्त्री बन्न आधादर्जन भन्दा बढी प्रदेश शभा सदस्य आकांक्षी रहेको र मन्त्री नपाउनेहरु ओली पक्ष तर्फ जाने संभावना रहेकाले मुख्यमन्त्रीला...

खानेपानीमन्त्री मणि थापाले सम्झिए 'श्री ५ को सरकार'

काठमाडौं । खानेपानी तथा केपी ओली समूहका नेता मणि थापाले नेपाल सरकारको सट्टा श्री ५ को सरकार भन्दै सम्बोधन गरेका छन् ।पार्टीको कार्यक्रममा सुर्खेत पुगेका मन्त्री थापाले सम्बोधनका क्रममा नेपाल सरकारको मन्त्री र नेपाल सरकार भन्नुको सट्टा श्री ५ को सरकार भनि सम्बोधन गरेपछि उनको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ।उनले सम्बोधनको सुरुमा 'सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु' भने। त्यसपछि थापाले, 'सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदाय

सरकार जोगाउन धनगढीमा डेरा जमाउँदै भीम रावल, प्रधानमन्त्रीलाई कुर्दै ओली पक्ष

भौतिक मन्त्री पठान बोहरालाई बर्खास्त गरेपछि सुदूरपश्चिममा प्रचण्ड–माधव समूह र केपी समूह बीचको विवाद वारपारको स्थितिमा पुगेको छ ।  ओली समूह मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार ढाल्ने योजनामा छ भने प्रचण्ड समूह सरकार जोगाइराख्न कसरतमा छ ।  प्रदेश सरकार जोगाउन भीम रावलको कसरत केपी गुटमा खुलेका भौतिक मन्त्री बोहरालाई बर्खास्त गरेपछि प्रचण्ड–माधव समूहले पुस १४ गते आयोजना गरेको देशव्यापी विरोध सभालाई धनगढीमा नेता डा. भीम रावलले सम्बोधन गरे ।  विरोध सभामा रावलले प्रधानमन्त्री केपी शर्...