चुनावको मुखमा दल अदलबदल तीव्र

आसन्न स्थानीय तह निर्वाचनको मुखमा जिल्लामा दल अदलबदलले तीव्रता पाउने देखिएको छ। आवद्ध दलले उम्मेदवार नबनाउने देखेपछि असन्तुष्टि जनाउँदै अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको हो।...

सम्बन्धित सामग्री

यस्तो हुनसक्छ नयाँ सरकार गठनको अङ्कगणित

काठमाण्डौ – चुनावको मत गणना सकिएसँगै नयाँ सरकार गठनको दौडधुप तीव्र भएको छ । खासगरी मुख्य दलहरु आफ्नो नेतृत्वमा सरकार बनाउनेगरी हिसाब–किताबमा जुटेका छन् । आपसी भेटघाट, छलफल र कुराकानी सुरु भएको छ । कुल २ सय ७५ जना सांसदमा प्रत्यक्षबाट १ सय ६५ जना निर्वाचित भैसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० जनाको नाम दलहरुले भोलि दिउँसो ४ बजेसम्ममा बुझाउनुपर्नेछ । यो सँगै नयाँ सरकारको नेतृत्व कसले गर्ला, कुनकुन दल मिलेर सरकार बन्छ भन्ने चासो पनि बढ्दै गएको छ । यस पटकको संसदमा १२ वटा राजनीतिक...

चुनावी प्रचारप्रसार लागि शीर्ष नेताहरु देश दौडाहामा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति नजिकिंदै गर्दा राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । गत बिहिबारदेखि निर्वाचन प्रचारप्रसार खुल्ला भएपनि राजनीतिक दलका शीर्ष नेताहरु चुनावी देश दौडाहामा निस्किएका हुन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी […]

बागलुङमा चुनावी तयारी तीव्र

सङ्घ र प्रदेशको चुनाव आउन १७ दिन बाँकी छ । राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् ।  सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै सामग्री यहाँ आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । “मतदान केन्द्रअनुसार मतपत्र छुट्याउने, प्याकिङ गर्ने काम भइरहेको छ, निर्वाचन सामग्री लगभग सबै आइसकेको छ”, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले भन

घरदैलो अभियानमा लागे उम्मेदवार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनाव नजिकिँदै जाँदा रौतहट जिल्लामा चुनावी प्रचारप्रसारमा तीव्रता आएको छ। चुनावको लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित कार्यकर्ताहरूले आआफ्नो पक्षमा मतदातालाई रिझाउन प्रचारप्रसार तीव्र बनाएका छन्। मनोनयन दर्तापछि राजनीतिक दलका नेता, उम्मेदवार, कार्यकर्ता तथा समर्थकहरू गाउँमा गएर मतदातासँग भेटघाट गरिरहेका छन्।

चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोलि असोज २३ गते आइतबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रमका लागि तयारी पूरा भएको छ ।निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे ।आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्नसमेत सम्बन्धित सबैमा उनले आग्रह गरे । प्रमुख आयुक्त थपलियाले विविध कारणवश केही दलले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम केही पर सारिदिन वा तीन दिनसम्म उक्त कार्यक्रम निरन्तर गर्न आग्रह गरेको भए पनि दलले प्रायःअन्तिम समयमा मात्रै उम्मेदवारी मनोनयनको निर्णय गर्ने प्रवृत्ति रहेको र विद्यमान कानुनी अवस्थाभित्र निर्वाचन कार्यक्रम हेरफेर गर्ने आधार नदेखिएकाले कार्यक्रम यथावत राखिएको स्पष्ट गरे ।उनले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट गर्दै आवश्यकता र औचित्यताका आधारमा निर्वाचन आचारसंहिता, २०७९ मा संशोधन गरिएको जानकारी दिए ।निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद तोक्ने निर्णय गरी यही असोज १६ गते सार्वजनिक गरिसकेको छ ।

मधेसमा दल अदलबदल तीव्र

चुनावको मिति नजिकिँदै जाँदा दल अदलबदलको क्रम तीव्र भएको छ। खासगरी तराई मधेसमा एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्ने क्रम तीव्र देखिएको हो।...

बहुमत दाबी गर्न किन सक्दैनन् दल ? निर्वाचन प्रणाली कि कमजोर धरातल ?

काठमाडौं । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोग तीव्ररुपमा तयारीमा लाग्दैछ । दलहरुले पनि चुनावको तयारी तीव्र पारिसकेका छन् । तर राष्ट्रिय दलहरुले जनतासँग बहुमत माग्न नसक्ने अवस्थामा पुगेको उनीहरुका गतिविधिले देखाइरहेको छ । शीर्ष नेताहरु एक्लै बहुमत नपुग्ने भन्दै गठबन्धन निर्माण गरेर बहुमत ल्याउने र सत्ता...

मिति घोषणासँगै तातियो चुनावी माहोल, तयारीमा जुट्यो निर्वाचन आयोग

सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तह चुनावको मिति घोषणा गरेसँगै चुनावी माहोल तातिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । मिति घोषणाको प्रमुख प्रतिपक्षी दल एमालेले स्वागत गरेको छ भन सबै राजनीति दलहरूको ध्यान स्थानीय निर्वाचनतर्फ केन्द्रीय बनेको छ । यहीबीचमा निर्वाचन आयोगले तयारी तीव्र बनाएको बताएको छ । यसअघि जेठ ४ का लागि चुनावको मिति प्रस्ताव आयोगले गरेकोमा सरकारले त्यसअघि नै मिति घोषणा गरेको छ । अगाडि मिति घोषणा गर्न पनि सरकारले आयोगसँग परामर्श गरेको थियो । आयोगले ...

दैलेखमा कस्ले मार्ला बाजी? यस्तो छ अंकगणित

आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मिति नजिकिँदै गर्दा दैलेखमा चुनावी प्रचार अभियान तीव्र बन्दै गएको छ। अहिले दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभामा आफू जित्ने दाबी गर्दै वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगै, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नयाँ शक्ति, विवेकशील पार्टीलगायतका नौवटा दल घरदैलो अभियानमा जुटेका छन्।