सर्वसाधारणका लागि खोलियो भक्तपुरको रानीपोखरी

भक्तपुर : भक्तपुरको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) आज (मंगलबार) देखि सर्वसाधारणका लागि खोलिएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेका हुन्। सो अवसरमा उनले ‘जीर्णोद्धार’ पुस्तक पनि सार्वजनिक गरे।अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको नगरपालिकाले पुनः जीर्णोद्धार गरेको बताए। उनले कला संस्कृति जोगाउनु