क्याम्पस प्रमुख नियुक्तिमा मनोमानी

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस प्रमुख नियुक्तिमा आफ्नालाई जिम्मेवारी दिन सिफारिस समिति र त्रिवि पदाधिकारीले मापदण्ड, विधि, प्रक्रियालाई बेवास्ता गरेको पाइएको छ । पछिल्लो समय पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा मनोमानी भएको हो । गत जेठ ९ मा क्याम्पस प्रमुख धनप्रसाद पण्डितको कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले राजु मल्ललाई निमित्त जिम्मेवारी दिएको छ ।