विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको हो। प्रदेश १ सरकारले पनि केन्द्र सरकारजस्तै यस वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकतामा राखेको छ। कोरोना रोकथाम, उपचार र खोप अभियानलाई नै पहिलो प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा सरकारी अस्पतालको सुधार, हरेक तहमा स्वास्थ्यकेन्द्र र समयमा खोप सहितको कार्यक्रम समेटिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारीले