काँग्रेस उपसभापति पदको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको उपसभापति पदको मतगणना सुरु हुँदैछ । अपराह्न साढे ४ बजेपछि उपसभापति पदको मतगणना सुरु गर्न लागिएको काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए । काँग्रेसको उपसभापति पदमा डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् । काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो भने सभापतिको मतगणना सकिएर शेरबहादुर देउवा विजयी भइरहेका