यी हुन् विभिन्न क्लस्टरबाट निर्वाचित राप्रपाका केन्द्रीय सदस्य (मत परिणामसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट नयाँ नेतृत्व छनोट भएको छ । पार्टीमा अध्यक्ष र पदाधिकारीसहित १४९ केन्द्रीय सदस्यको लागि चुनाव भएको थियो । अध्यक्षमा राजेन्द्र लिङदेनले जित हासिल गर्दा पदाधिकारीतर्फ भने कमल थापा पक्षधरहरु धेरै निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ । पुरुष तथा महिला केन्द्रीय सदस्यको खुल्ला प्रतिस्पर्धाबाट ५७ […]

सम्बन्धित सामग्री

नेता आचार्यको नेपाली काँग्रेसभित्र ‘रूपान्तरणको प्रस्ताव’

नेपाली काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले नेपाली काँग्रेसलाई नयाँ रक्तसञ्चार गराउन पार्टीभित्र रूपान्तरणको प्रस्ताव प्रस्तुत गरेका छन् । उनले विभिन्न क्षेत्रलाई समेटेर काँग्रेस भित्र रूपान्तरणको नयाँ प्रस्ताव पस्केका हुन् ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका आचार्यले आफूलाई मत दिने तथा नदिने सम्पूर्ण मतदान र कार्यकर्तालाई आभार व्यक्त गर्दै उच्च मनोबल तथा तीव्र वेगमा पार्टीको आन्तरिक जीवनको गति प्रदान गर्न पर्ने उनी बताउँछन् । त्यसका लागि विभिन्न विषयगत क्ष

माओवादी केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट २३ जना  (नामसहित)

धनगढी : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो।बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनि मतका आधारमा निर्वाचित गरिएको हो। जसमा सुदूरपश्चिमबाट २३ जना केन्द्रीय सदस्य चयन भएका छन्। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, अछामका दुई, बैतडीका दुई

माओवादीमा दलितबाट १६ केन्द्रीय सदस्य निर्वाचित (सूचीसहित)

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट दलिततर्फ १६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । आइतबार महाधिवेशनको बन्दसत्र सञ्चालन भइरहेको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी १६ जनाको नाम वाचन गरे । उनका अनुसार दलितबाट २ जना केन्द्रीय सदस्यको नाम पछि घोषणा हुनेछ । […]

माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सदस्य चयन गर्ने जिम्मा प्रदेश समितिलाई दिएको छ । माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार केन्द्रीय समितिका १५४ सदस्य समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिक पद्धतिबाट विभिन्न क्लस्टर अनुसार केन्द्रीय समितिमा चयन हुने नेताको नाम टुंगो लगाउने जिम्मा प्रदेश समितिलाई दिइएको एक नेताले […]

नेपालका खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रीय सदस्य

पुस ६, काठमाडौं । नेपालको खर्बपति सूचीमा रहेका विनोद चौधरी  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उक्त पार्टीको १४ औं महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याएका छन् ।ट्विटरमा मतादाताप्रति आभार व्यक्त गर्दे उनले सबैलाई धन्यवाद दिएका छन् । ‘नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिविेशन प्रतिनिधिन्यूहरुप्रति विशेष आभार प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘यस प्रक्रियामा विभिन्न तवरबाट साथ र सहयोग गर्नुहुने महानुभावहरु, पत्रकार मित्रहरुलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक नमन ।’ उद्योगी तथा प्रतिनिधि सभाका सांसद चौधरी विश्वको धनाड्य सूचीमा १ हजार ५६१औं स्थानमा रहेका छन्। अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको वर्ष २०१८ का धनाड्यहरुको सूचीमा पर्ने उनी नेपालका एक मात्र खर्बपति हुन्।  उनको सम्पत्ति हाल १ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको फोर्ब्सले बताएको छ।  चौधरी ग्रुपसहित उनको लगानी खाद्यान्न, विद्युतीय सामग्री, बियर, होटल,बैंक तथा औद्योगिक पार्कलगायतमा रहेको छ ।

यी हुन् कांग्रेसको केन्द्रीय सदस्य खुलातर्फ विजयी भएका ३५ जना (सूचीसहित)

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जनाएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए  ।पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।

कांग्रेस केन्द्रीय सदस्यमा खुलातर्फ ३५ जना निर्वाचित

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । गत सोमबार भएको निर्वाचनको आइतबार सम्पन्न मतगणनाबाट खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । खुलातर्फ ९९ जना उम्मेदवार चुनावी मैदानमा थिए । विभिन्न क्लस्टरबाट निर्वाचित हुने केन्द्रीय सदस्यको मतगणना भने हुन बाँकी छ ।अन्तिम मत परिणामअनुसार डा.शशांक कोइराला […]

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचित (सूचीसहित)

पुस ४, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आइतवार सम्पन्न भएको छ ।  पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पूर्व महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०), शंकर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भएका छन् । यसैगरी, दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जानकारी दिएको छ । खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।  पार्टीका सबै पदाधिकारीको भने शुक्रवार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् ।  केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । रासस

कांग्रेस केन्द्रीय सदस्यको होडमा युवा आकांक्षी, यस्ता छन् एजेन्डा

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशनमा युवा नेतृत्वको वर्चश्व कायम भयो । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये पनि करीब ६० प्रतिशत युवा रहेको कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी बताउँछन् । कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीमा युवा पुस्ताको लहर देखिएको छ । कांग्रेसका विभिन्न संगठनहरूमा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका युवा नेताहरू राष्ट्रिय राजनीतिमा होमिने तयारीमा छन् । त्यसका लागि महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित हुनुपर्छ । यसअघि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्...