मेरै कार्यकालमा काठमाडौंवासीलाई मेलम्चीको पानी वितरण गर्छु : मन्त्री चौधरी

काठमाडौं, १३ कार्तिक । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंवासीलाई वितरणको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्चीको पानी जतिसक्दो चाँडो काठमाडौंवासीलाई उपलब्ध गराउनेतर्फ आफू लागिपरेको उनको भनाई थियो । त्यस्तै, उनले तराई मधेसमा भूमिगत पानीको सतह घट्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकालमा आर्सनिक पानी पिउनुपर्ने […]