बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । बजेट, नीति तथा कार्यक्रमको तयारी सुरू हुँदै गर्दा तनहँुँका स्थानीय तहले सुझाव माग गर्न सुरू गरेका छन् । आगामी वर्षको बजेट, […]

सम्बन्धित सामग्री

‘नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कठिन छ’

दोस्रो स्थानीय तह ०७९ को निर्वाचनमा जनप्रतिनिधिका रूपमा पुनर्निर्वाचित खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल पुनर्निर्वाचित भएका जिल्लाकै एक्ला नेता हुन्। साताैँ वर्षको बजेट निर्माणको अनुभव भएका उनलाई बाध्यताले नीति तथा कार्यक्रम राम्रो ल्याउनुपरे पनि त्यसको कार्यान्वयन पक्ष भने कठिन भएको भोगाइ छ। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका कारण विकासका लागि धेरै चुनौती छन्। समस्या समाधानका लागि […]

बजेटको तयारीमा पर्वतका स्थानीय तह

यहि असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिबेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र वडा तहबाट संकलन गरिएका योजनालाई एकीकृत गरी प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्न यतिबेला जनप्रतिनिधि र कर्मचारलाई भ्याइनभ्याई छ । पर्वतका स्थानीय […]

बस्तीस्तरबाट योजना छनोट गर्दै स्थानीय तह

मान्म, २८ जेठ । कालीकोटका नौ वटै स्थानीय तहले बस्तीस्तरबाट योजना छनोट गर्न थालेका छन् । आर्थिक वर्ष २०८०/८१ मा बस्तीस्तरबाट छनोट भएर आएका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उद्देश्यले यहाँका स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । असारको पहिलो साताभित्र बस्तीस्तरबाट आएका योजना छनोट गरेर असार १५ गते भित्र नीति तथा कार्यक्रम […]

पाँच स्थानीय तह बजेटविहीन

काठमाडौं, मंसिर २८ । पाँचवटा स्थानीय तहले अहिलेसम्म बजेट पारित गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७९/८० को बजेट नगररगाउँ सभा गरी बजेट, नीति तथा कार्यक्रम पारित गर्न नसक्ने स्थानीय तहमा बाँकेको डुडुवा गाउँपालिका, धनुषाका कमल र नगराइन नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका तथा रौतहटको बौधिमाई नगरपालिका छन् । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी […]

सात स्थानीय तह र ७७ वडामा अधिवेशन सम्पन्न

जाजकोट– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जाजरकोटले सात वटै स्थानीय तह र ७७ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनबाट पालिका र वडा अध्यक्षहरु सर्वसहमत चयन गर्नुको साथै पालिका र वडा कमिटीहरु पनि सर्वसम्मत गठन गरिएको छ । पार्टी केन्द्रको नीति तथा कार्यक्रम अनुसार जिल्लाका सात वटै पालिका र ७७ वटै वडा अधिवेशन सम्पन्न गरिएको […]

बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह

सर्लाहीका स्थानीय तह आर्थिक वर्ष २०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही ...

बजेट योजनाको तयारीमा डोटीका स्थानीय तह

डोटी । डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन् ।      आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्न सकिने विषयलाई सुझाव माग गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खेमराज गुरुङले बताए । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १२ दिन मात्र बाँकी छ । कानुनी रूपमा आगामी असार १० गते सम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटिरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । यहाँका कतिपय पालिकाले स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम गर्न थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए । यसैगरी शिखर नगरपालिकाले पनि इमेलमार्फत आगामी आर्थिक वर्षको योजनाका लागि सुझाव माग गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्मानन्द शर्माले बताए । जोरायल गाउँपालिकाले एकीकृत विकास गुरुयोजनाको दीर्घकालीन सोच, लक्ष्य तथा आवश्यकताका आधारमा बजेट, नीति तथा कार्यक्रम बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र ठगुन्नाको भनाइ छ । रासस

बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने तयारीमा स्थानीय तह

असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।सोही व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् ।बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा तनहुँका स्थानीय तहले सुझाव माग गर्न शुरु गरेका छन् । आगामी वर्...

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

लुम्बिनी सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा  प्रदेशवासीको जनजीवन उकास्नको लागि प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामलाई केन्द्रविन्दुमा राखेको छ ।  यस्तै सडक विस्तार, प्रदेश यातायातको गुरु योजनादेखि  किसानलाई पुरस्कृत गर्नेसम्मका कार्यक्रमहरु समेटिएको छ ।  प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै एक स्थानीय तह एक खेलकुद संरचनादेखि  सडक पुल निमार्ण गर्नेसम्मका कार्

‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने

बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक स्थानीय तह एक नमुना विद्यालय’ स्थापना गर्ने भएको छ। आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन यो कार्यक्रम समावेश गरेको जानकारी दिइएको हो। स्थानीय तहसँगको सहलगानीमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ। यीसँगै मातृभाषामा पाठ्यक्रमको विकास गर्ने र महिला छात्राबासको सुदृढिकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।