विघटनविरुद्ध बहस : निवेदकबाट १ जनाले मात्र बहस गर्न पाइने, के भने पहिलो बहसकर्ताले ?

संविधानको धारा ७६(५) अनुसारको सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा बिहीवार सुनुवाइ शुरू भएको हो । बिहीवारको बहसमा रिट निवेदकका तर्फबाट १ जनालाई मात्र बहस गर्न दिइएको अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए ।  १९ वटा रिटलाई एकै ठाउँमा राखेर बहस भइरहेको छ । शुरूआती बहस गरेका वीरभद्र जोशीले धारा ७६(५) को सरकार गठन गर्न राष्ट्रपतिले गरेको आह्वान प्रक्रियासम्मत नभएको जिकीर गरे ।  जोशीले सर्वो...