अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थपियो

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो ।     प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको बताए ।  नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका मा...

सम्बन्धित सामग्री

टिकट नपाउँदा नयाँ बसपार्कमा सास्ती

काठमाडौं। दशैं मनाउन घर जाने टिकट नपाउँदा नयाँ बसपार्क पुगेका यात्रुले सास्ती मात्रै झेलेका छन् । सरकारले चाडपर्व मनाउन उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज होस् भनेर असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेको थियो । तर, समयअगावै टिकट सकिँदा यात्रुले सास्ती मात्रै खेप्नुपरेको हो । बिहीवार बिहान ६ बजे नयाँ बसपार्कस्थित टिकट काउन्टर खुल्नुअगावै काउन्टरबाहिर टिकट किन्ने यात्रुको लामो लाइन थियो । त्यही लाइनमा थिए, बर्दियाका समीर थारू । बिहान ३ बजेदेखि लाइनमा बसेको उनले बताए । करीब साढे ६ बजेतिर काउन्टर खुल्यो । काउन्टर खुल्नासाथ समितिका कर्मचारीले कात्तिक ४ गतेसम्मको सम्पूर्ण टिकट अग्रिम बुकिङ भइसकेको र ५ गतेपछिको मात्रै बाँकी रहेको जानकारीसहितको सूचना टाँसेपछि निद्रा माया मारेर रातिदेखि नै लाइन बसेका यात्रुको अपेक्षामा तुषारापात भयो । ५ गते महाष्टमी भएकाले त्यस दिनेको टिकट लिएर दशैं मनाउन नपाइने भएकाले चिन्ता लागेको थारूले बताए । ‘दशैंमा अष्टमीदेखि दशमीसम्मको ३ दिन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अष्टमीको दिनको टिकट लिए नवमीमा मात्रै घर पुगिन्छ । सबै यात्रुले सहजताका साथ टिकट पाउँदैनन् भने अग्रिम बुकिङको नाटक किन गर्नुपर्‍यो,’ उनले प्रश्न गरे ।  बिहीवार बिहान ६ बजे नयाँ बसपार्कस्थित टिकट काउन्टर खुल्नुअगावै काउन्टरबाहिर टिकट किन्ने यात्रुको लामो लाइन थियो ।  थारू प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता सयौं यात्रुले टिकट नपाएर सास्ती भोग्नु परेको यातायात क्षेत्रका व्यक्तिहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले तुलनात्मक रूपमा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशतर्फका रूटमा यात्रु चाप अत्यधिक रहेकाले सबै यात्रुले टिकट नपाएको स्वीकार गरे । उनका अनुसार टिकट नपाएर सास्ती खेपिरहेका यात्रुका लागि थप गाडीको व्यवस्था गर्ने तयारी भइरहेको छ । ‘महासंघले कोही पनि यात्रुलाई अलपत्र पर्न नदिन थप गाडीको बन्दोबस्त गर्ने भएकाले कोही पनि आत्तिनुपर्ने छैन । यात्रुको चाप कम भएको क्षेत्रका गाडी ल्याउने वा नयाँ गाडी थप्ने भन्नेमा छलफल भएको छ । यस विषयमा चाँडै निर्णय हुन्छ र सबैले आफ्नो गन्तव्यमा जान पाउने छन्,’ उनले भने । दशैं मनाउन उपत्यकाबाट हरेक वर्ष ठूलो संख्यामा यात्रु बाहिरिने गर्छन् । यस वर्ष दशैंका लागि २२ लाखभन्दा बढी यात्रु बाहिरिने आकलन गरिएको छ । त्यसलाई दृष्टिगत गर्दै असोज २६ देखि सरकारले सबै सार्वजनिक यातायातको रूट परमिट (सार्वजनिक सवारीसाधन जुनसुकै रूटमा चल्न पाउने) समेत खुला गर्ने निर्णय गरेको छ ।

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ?

काठमाण्डाै - दशैँको लागि काठमाण्डौबाट गाउँघर जाने यात्रुको लागि आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । नयाँ बसपार्कसहित अरु ठाउँमा रहेका आधिकारिक काउन्टरमा गएर टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । नयाँ बसपार्कमा धेरै गाडी गुड्ने ठाउँमा अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा अहिलेकै काउन्टरबाट व्यवस्थापन गरिएको छ । अनलाइनबाट पनि टिकट लिन मिल्ने व्यवसायीहरुले बताएका छन् । तर सबै ठाउँ र सबै बस कम्पनीको अनलाइनबाट बुकिङ गर्न मिल्दैन । ट...

तस्वीर : गोङ्गबु बसपार्कमा दशैंमा यात्रु लैजान राखिएको यात्रुबाहक बस

काठमाडौंको गोङ्गबुस्थित बसपार्कको पार्किङमा स्थलमा शनिवार अपरान्ह राखिएका यात्रुबाहक बसहरु । देशका ६५ भन्दा बढी जिल्लाहरुमा केन्द्रीय टर्मिनल बसपार्कबाट बसहरु जाने गर्दछन् । दशैं पर्व नजिकिने क्रमसँगै यात्रुको सहजताका लागि आवश्यकताका आधारमा यो वर्ष यात्रुबाहक बस उपलब्ध गराउने योजना रहेको बस व्यवसायीहरुले बताएका छन् । नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिले दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला भएसँगै  व्यवसायीको सहकार्यमा टिकट काउन्टर पनि थप गरेको छ।  तस्वीर : प्रकाश के.सी./ आर्थिक अभियान

अग्रिम टिकट बुकिङ खुलेको दिन बसपार्क सुनसान, जम्मा १४ सय जनाले टिकट लिए

काठमाण्डाै – काठमाण्डौबाट दशैँमा घर जानका लागि आज साेमवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुला गरेको हो ।  नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालीले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो ।  यसैबीच यो वर्ष अग्रिम टिकट बुकिङको पहिलो दिन पनि नयाँ बसपार्क शान्त देखिएको छ । विगत...

गत वर्षको भन्दा गाडी भाडा महंगियो, कहाँको भाडादर कति ? (भाडादरसहित)

आजदेखि दसैंलक्षित अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। बसपार्कहरुमा विहानैदेखि टिकट काट्न पुग्नेहरुको भीडभाड छ। यातायात व्यवस्था विभागले विहान ६ बजेदेखि नै टिकट काउन्टर खुला गरेको छ। दसैं तथा नजिँकिँदै गरेका...

दशैँमा घर जान अग्रिम टिकट लिनेको भिड (फोटो फिचर)

काठमाडौं :  सरकारले आजदेखि उपत्यकाबाट दशैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुलेको छ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद सरोज सिटौलाले सोमबार बिहान ७ बजेदेखि टिकट बुकिङ सुरु गरिएको बताए।बसको अग्रिम टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट लिनेहरूको भिड बढेको छ। टिकट लिन गोङ्गबुस्थित नयाँ बसपार्कमा  ‘टिकट काउन्टर’ थप गरिएको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ ‘टिकट काउन्ट

आजदेखि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँ जान कति भाडा ?

काठमाण्डौ - काठमाण्डौबाट दशैँमा घर जानको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो । नयाँ बसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरे...

दशैँमा घर जादै हुनुहुन्छ ? हेर्नुस् कहाँको भाडा कति (सूचीसहित)

काठमाडौँ– सरकारले दशैँका लागि अग्रिम टिकट बुकिङ असोज ११ गतेबाट खुलाएको छ । त्यस्तै उपत्यकाका विभिन्न स्थानमा अहिले हेल्प डेस्क स्थापनाको तयारी भइरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाइ लक्षित गरी बिहीवारदेखि नै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ । महाशाखाले उपत्यकामा टिकट काउन्टर रहेका र यात्रुको बढि भीडभाड हुने १४ स्थानमा कक्ष स्थापना […]