प्रदेश २ मा सौर्य ऊर्जा : प्रदेश सरकार र प्राधिकरण तानातानले योजना अलमलमा

वीरगञ्ज । जल विद्युत् उत्पादनमा सम्भाव्यता नदेखिएको प्रदेश २ मा सौर्य ऊर्जा उत्पादनको योजनासमेत अलमलमा परेको छ । प्रदेश सरकार र नेपाल विद्युत् प्राधिकरणबीच क्षेत्राधिकारको तानातानले ऊर्जा विकासले गति लिन नसकेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २०७५ चैतमा काठमाडौंमा भएको लगानी सम्मेलनमा चौधरी ग्रूपसँग २०० मेगाबाट सौर्य ऊर्जा उत्पादनको सम्झौता गरेका थिए । संघीय सरकारले आर्थिक २०७६/७७ को बजेटमार्फत प्रत्येक प्रदेशमा सौर्य ऊर्जाका दुईओटा ठूला योजना विकास गर्ने घोषणा गरेपछि २ नम्बर प्रदेश सरकारले सौर्य ऊर्जामा अग्रसर भए पनि अपेक्षित प्रगति देखिएको छैन । प्रदेश २ का आठै जिल्लामा सौर्य ऊर्जा उत्पादनको योजना बनेको थियो । प्रत्येक जिल्लामा कम्तीमा २५ मेगावाटसहित ३०० मेगावाट विद्युत् उत्पादनको योजना राखेको प्रदेश २ बाट गतवर्ष १३ मेगावाट ऊर्जा नेपाल विद्युत् प्राधिकरणको पावर ग्रीडमा जोडिएको छ । यो तथ्यांक आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ । प्रदेश २ बाट प्राधिकरणको ग्रीडमा जोडिएको यो पहिलोपटक हो । प्रदेश सरकारका ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्मा नेपाल विद्युत् प्राधिकरणको नियमावलीको अवरोधका कारण प्रदेशमा ऊर्जा विकासको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको बताउँछन् । कानूनले २० मेगावाटसम्मको विद्युत् उत्पादनको अनुमति प्रदेश सरकारको क्षेत्राधिकारमा राखे नियमावली देखाएर प्राधिकरणले अवरोध गरेको मन्त्री शर्माले गुनासो गरे । प्राधिकरणको अवरोधका कारण लगानीकर्ताले प्रदेश सरकारलाई नपत्याएको उनले बताए । प्रदेशले दिएको स्वीकृति प्राधिकरणले नमानेपछि ऊर्जा उत्पादनमा लगानी गर्न चाहनेहरू पछि हटेको पनि मन्त्री शर्माको भनाइ छ । ‘संसद्ले ऐन बनाएरै २० मेगावाटसम्मको विद्युत् उत्पादनका लागि स्वीकृति दिनसक्ने अधिकार प्रदेश सरकारलाई दिएको छ । तर, नेपाल विद्युत् प्राधिकरणको नियमावलीमा १ मेगावाटभन्दा बढीको स्वीकृति प्राधिकरणसँगै लिनुपर्ने व्यवस्था रहेछ,’ शर्माले आर्थिक अभियानसित भने, ‘प्राधिकरणले त्यो नियमावली देखाएर प्रदेशले सिफारिशमात्र गर्न सक्ने भनेर अड्काइरहेको छ ।’ जल विद्युत्को सम्भावना नभएको २ नम्बर प्रदेशमा ऊर्जा उत्पादनको खुबी भनेकै सौर्य ऊर्जा भएको उनले बताए । ‘यहाँ वर्षका १२ महीनामा १० महीना मज्जाको घाम लाग्छ । सौर्य ऊर्जाको राम्रो सम्भावना छ । तर, प्राधिकरणको अत्तोले अघि बढ्न सकिएन,’ मन्त्री शर्माले गुनासो गरे ।

सम्बन्धित सामग्री

सौर्य ऊर्जा विकासमा इप्पानको चासो

सरोकारवालाहरूले नेपालमा सौर्य ऊर्जा उत्पादनमा सुधार ल्याउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको नेपालमा ग्रिडजडित सौर्य आयोजनाको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका पेपर...

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका […]

प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

काठमाडौँ,१३ मँसिर । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ । ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो । प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार […]

प्रतिस्पर्धाका आधारमा  सौर्य ऊर्जा खरिद गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक सय मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ। ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै...

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ । हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ – लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ। जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो। सौर्य ऊर्जा उत्पादनका निम्ति प्रारम्भिक काम सुरु भइसकेको छ। हाल कन्सलटेन्टसँग सम्झौताको तयारी भएको र आगामी पुस मसान्तसम्म सबै काम सम्पन्न गरी विद्युत् उत्पादन गरिने आयोजना प्रमुख प्रकाश साउदले बताए। उत्पादित […]

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत प्रधिकरणले सौर्य ऊर्जा उत्पादन गर्न लागेको हो ।बेसीसहर नगरपालिका–११ अन्तर्गत मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको स्वामित्वमा रहेको जग्गामा सोलार प्लेट राखी ऊर्जा उत्पादन गर्न लागिएको प्राधिकरणले जनाएको छ । सौर्य ऊर्जा उत्पादनका लागि जलविद्युत आयोजनाको स्वामित्वमा रहेको १८ हजार दुई सय […]

८५० घरधुरीलाई सौर्य ऊर्जा वितरण

काठमाडौँ,८ साउन । केन्द्रीय विद्युत् लाइनको पहँुचमा नपुगेको डोल्पा जिल्लास्थित मुड्केचुला गाउँपालिकामा सौर्य ऊर्जा वितरण गरिएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३, ७, ८ र ९ का ८५० घरधुरी प्रतिपरिवारलाई १०० वाटको सोलार (सौर्य ऊर्जा) वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । साना लघुजलविद्युत् आयोजनाबाट छुटेका र केन्द्रीय विद्युत् प्रसारण […]

बारामा सौर्य ऊर्जा उत्पादन सुरु

अपि पावर कम्पनी लिमिटेडले बाराको डुमरवानामा एक मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । नेपाल राष्ट्रिय माविको करिब ६ बिगाहा जग्गा भाडामा लिएर कम्पनीले ८ करोड लगानीमा सौर्य ऊर्जा उत्पादन थालेको हो । नेपालको पहाडी जिल्लाहरुमा जलविद्युत् आयोजनाहरुमा लगानी गरेको अपि पावरले मधेस प्रदेशको चन्द्रनिगहापुरमा ४ मेगावाट, ढल्केबर र बाराको डुमरवानामा १/१ मेगाको विद्युत् उत्पादन गरिरहेको छ भने बाराको परवानीपुरमा थप ८ मेगावाट क्षमताको सौर्य विद्युत् उत्पादनको काम भइरहेको कम्पनीले जनाएको छ  ।

दुई करोड अनुदानमा कर्णालीका पाँच गाउँमा सौर्य ऊर्जा

जुम्ला-वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले माथिल्लो कर्णालीका पाँच स्थानीय तहका दुर्गम गाउँबस्ती झिलिमिली बनाउन साढे २ करोड अनुदान दिएको छ । अहिले जुम्लाका दुई गाउँबस्तीसहित कर्णालीका पाँच स्थानीय तहमा सौर्य ऊर्जा जडान कार्य भइरहेको छ । केन्द्रको करिब २ करोड ४८ लाख अनुदानमा स्थानीय तहको स्वामित्वमा तीन महिनाभित्र सौर्य ऊर्जा उत्पादन हुनेगरी काम अघि बढेको […]