पर्वतको जलजला गाउँपालिकामा एमालेको अग्रता

पर्वतको जलजला गाउँपालिकामा मतगणना जारी रहँदा नेकपा एमालेको अग्रता कायम छ । एमालेका अध्यक्ष उमेदवार ३१२ मत ल्याउँदा रुख चिन्हमा १९७ मत प्राप्त गरेको छ । यस्तै, एमालेका तर्फबाट उपाध्यक्ष उम्मेदवारले २५५ मत ल्याउँदा माओवादी उम्मेदवारले १७१ मत प्राप्त गरेको छ ।जलजला गाउँपालिका वार्ड १ बाँसखर्कमा नेकपा एमाले विजयी भएको छ । वडा १ बाँसखर्कमा एमालेका उम्मेदवार जगबहादुर रोकाले रुख चिन्न अर्थात गठबन्धनलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी रोकाले २१९ मत प्राप्त गरी विजयी भएका हुन् ।