स्विस दूतावासमा चितुवा छिरेपछि…

ललितपुर- जावलाखेलस्थित चिडियाखाना नजिकैको स्विटजरल्याण्ड दूतावासभित्र देखिएको चितुवालाई प्रहरी तथा वन कर्मचारीले उद्धार गरेका छन् । मंगलबार दूतावास परिसरमा फेला परेको चितुवाको उद्धार कार्यमा नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, वन डिभिजन कार्यालय ललितपुर र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेका हुन् । दूतावास परिसरमा बसेको चितुवालाई डार्टमार्फत् बेहोस बनाएपछि समातेर चिडियाखानामै लगिएको छ ।